काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत जारी मतदानको समय डेढ घण्टा थप गरिएको छ।
निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार निर्धारित ९ बजेभित्र मतदानको कार्यक्रम नसकिएपछि समय थप गरिएको हो।
बिहान ८ बजेदेखि नै मतदान गर्ने भनिए पनि मतपत्र छपाइमा भएको ढिलाइले दिउँसो १२ बजेदेखि मात्र मतदान सुरु भएको थियो। त्यसपछि पनि सुरु भएको मतदान बेलुका ७ बजे मत पत्र अपुग भएपछि केहीबेर रोकिएको थियो।
महाधिवेशन मिडिया सेन्टरका संयोजक डा सुरेश आचार्यका अनुसार निर्वाचनमा राति ८:३० बजेसम्म चार हजार दुई सय जनाले मतदान गरेका छन्। अझै ५ सयभन्दा बढीले मतदान गर्न बाँकी छन्।
कूल १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। कांग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।