काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत जारी मतदानको समय एक घण्टा थप गरिएको छ।
निर्वाचन समितिका अनुसार निर्धारित साढे १० बजेभित्र मतदानको कार्यक्रम नसकिएपछि समय एक घण्टा थप गरिएको हो। अब मतदान साढे ११ बजेसम्म मतदान हुनेछ।
बिहान ८ बजेदेखि नै मतदान गर्ने भनिए पनि मतपत्र छपाइमा भएको ढिलाइले दिउँसो १२ बजेदेखि मात्र मतदान सुरु भएको थियो। त्यसपछि पनि सुरु भएको मतदान बेलुका ७ बजे मत पत्र अपुग भएपछि केहीबेर रोकिएको थियो।
महाधिवेशन मिडिया सेन्टरका संयोजक डा सुरेश आचार्यका अनुसार निर्वाचनमा राति ८:३० बजेसम्म चार हजार दुई सय जनाले मतदान गरेका छन्। अझै ५ सयभन्दा बढीले मतदान गर्न बाँकी छन्।
कूल १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। कांग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।