काठमाडौं– नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत मतदान सकिएपछि सबै मतदान केन्द्रको मुचुल्का संकलन गरी मतपेटीका सिलबन्दी गरिएको छ।
सभापति पदका लागि मत खसालिएको मतपेटिका मतगणनाका लागि राष्ट्रिय सभा गृहमा पुर्याइएको छ।
अध्यक्ष बाहेक बाँकी पदाधिकारी र केन्द्रीय सदस्य चुन्न मत खसालिएको मतपेटीकाहरु भने पार्टी कार्यालय सानेपा लैजाने तयारी गरिएको छ।
सभापति पदका लागि ३ वटा मतपेटीकामा मत खसालिएको थियो। सभापति बाहेकका पदका लागि मत खसालिएको मतपेटीकाहरु सुरक्षा घेराका बीच सानेपा लैजान लागिएको हो।
सभापति पदको मतगणनासभापति बाहेकका मतपेटीका कांग्रेस मुख्यालय सानेपा लैजाने तयारी भने केही बेरमा सुरु हुने जनाइएको छ। सभापतिको मतगणना सकिएर अन्तिम परिणाम (विजयी घोषणा) भएपछि मात्रै पदाधिकारीसहित बाँकी पदको मतगणना हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।