काठमाडौं- कांग्रेसको आमागी सभापतिका लागि दोस्रो चरणमा मतदान हुने भएको छ।
सोमबार भएको मतदानमा सभापतिका पाँचै जना उम्मेदवारले खसेको मतको पचास प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि पुनः निर्वाचन हुने भएको हो।
४६८१ मत खसेकोमा सबैभन्दा बढी मत पाएका शेरबहादुर देउवाले २२५८ मत पाएका थिए। उनले पाएको मत ४८.२३ प्रतिशत हो।
अब सभापति चयनका लागि दोस्रो चरणमा मतदान हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।