काठमाडौं- नेकपा एमालेका उपमहासचिव तथा पूर्वपराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
उनले मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका छन्।
आफूलाई माइल्ड लक्षण देखिएको भन्दै उनले पछिल्लो समय आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई सचेत रहन समेत आग्रह गरेका छन्।
उनले सम्पर्कमा आएकामध्ये कसैलाई कुनै लक्षण देखिएकाे भए परीक्षण गराउन पनि अनुराेध गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।