काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको जारी मतगणनामा शेरबहादुर देउवा जित नजिक पुगेका छन्। अर्का उम्मेदवार शेखर कोइराला फराकिलो मतान्तरले पछि परेका छन्।
मतगणना सुरु भएदेखि नै देउवाले अग्रता लिएका थिए। पछि मतान्तर फराकिलो पार्दै देउवा जित नजिक पुगेका छन्।
३४१८ मत गणना हुँदासम्म देउवाले २०४५ मत पाएका छन् भने कोइरालाले १३४७ मत पाएका छन्। कोइराला देउवाभन्दा ६९८ मतले पछि छन्।
सोमबार भएको सोमबार भएको पहिलो चरणको निर्वाचनमा सभापति पदका ५ जना प्रत्यासीमध्यै कसैले पनि खसेको कूल मतमध्ये ५० प्रतिशत मत कटाउन नसकेपछि मंगलबार दोस्रो चरणको मतदान भएको थियो।
मंगलबार दिउँसो ३ बजेदेखि सुरु भएको मतदान राति ९ बजे सकिएको थियो।
कांग्रेसका कूल ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधिमध्ये मंगलबार सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानमा ४ हजार ५६४ जनाले मतदान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।