काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उपसभापतिका प्रत्यासी धनराज गुरुङले आफूहरु कांग्रेस नेता बीपी कोइराला, प्रकाशमान सिंह र कृष्णप्रसाद भट्टराईका विचारका छोरा भएको बताए।
काठमाडौंको प्रज्ञा भवनमा बुधबार सभापतिका प्रत्यासी डा शेखर कोइरालाको धन्यवाद ज्ञापन कार्यक्रममा उनले यस्तो बताएका हुन्।
उनले भने, 'को उनीहरुको छोरो भन्छ। तर, परिआउँदा नैतिकता पनि बेचिदिनुपर्छ भन्ने मान्यता राख्छ भने त्यो ती नेताको छोरो हुन सक्दैन। बीपी, गणेशमान, किसुनजीका रगतका छोरा होइनौं। तर, हामी विचारका सच्चा छोरा हौं।'
आफूहरु सदाचार र विचारको पक्षमा उभिएकाले ती नेताहरुको उत्तराधिकारी रहेको उनले बताए। उनले थपे, 'टाउको अलिकति कम भयो होला, विचारले जितेको छ। उच्च मनोबल लिएर अघि बढौं। असफल भएपनि हामी अभ्यास गरिरहन्छौं।'
उनले आफ्नो समूहले ४० प्रतिशत ल्याएर राजनीतिक परीक्षा पास गरिसकेको समेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।