काठमाडौं– नेपाली कांग्रेस नेता गगनकुमार थापा महामन्त्रीको मतगणना नसकिँदै फराकिलो मतान्तरले विजय भएपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा कार्यकर्ताहरुले खुशीमा नारा लगाएका छन्।
गगन समर्थक कार्यकर्ताले 'गगन दाई दुइ तिहाइको महामन्त्री' भन्दै नारा लगाइरहेका छन्।
अहिलेसम्म गगनले २६४४ मत ल्याएका छन्। उनले कुल मतको ६५ प्रतिशत मत ल्याएका छन्। अझै केही मत गन्न बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।