काठमाडौं- नेपाली कांग्रेसको जारी महामन्त्रीको मतगणनामा गगनकुमार थापा विजयी भएका छन्।
मतगणना सकिँन बाँकी रहे पनि उनी विजयी भएका हुन् भने विश्वप्रकाश शर्मा जित नजिक रहेका छन्।
पार्टी महामन्त्रीमा गगन र विश्वप्रकाश दुवैको पक्षमा कार्यकर्ताले पार्टी कार्यालयमा खुसीयालीमा नारबाजी गरिरहेका छन्।
उनीहरु समथर्थक कार्यकर्ताले ‘कांग्रेसभित्र क्रान्ति दुइ तिहाईको महामन्त्री’ ‘पूर्वपश्चिमले के भन्यो गगन विश्वले भन्यो’ लगायतका नारा लगाइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।