काठमाडौं– गगन थापा महामन्त्रीमा खसेको मतको ६५ प्रतिशत मतसहित विजयी भएका छन्। बिहीबार भएको मतगणनामा थापाले ६४.५६ प्रतिशत मत पाएका हुन्।
महामन्त्रीका लागि ४६८२ मत खसेको थियो। जसमध्ये ४३ मत बदर भएको थियो। थापाले ३०२३ मत पाएका छन्। उनले पाएको मत सभापतिमा शेरबहादुर देउवाले पाएको मतभन्दा बढी हो। सभापति देउवाले दोस्रो चरणको चुनावमा २७३३ मत पाएका थिए। त्यतिबेला ४६२३ मत खसेको थियो।
थापासँगै महामन्त्रीमा विश्वप्रकाश शर्मा विजयी भएका छन्। उनले १९८४ मत पाएका छन्। महामन्त्रीका प्रत्याशीहरु प्रकाशशरण महत १५५६, प्रदीप पौडेलले १४९३, मीनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत पाएको कांग्रेस निर्वाचन समितिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।