काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले आफूलाई चुक्ने र थाक्ने सुविधा नभएको बताएका छन्।
महामन्त्रीमा निर्वाचित भएपछि बिहीबार पार्टी कार्यालयमा पत्रकारहरुसँग प्रतिक्रिया दिँदै उनले आफूले पाएको मतलाई न्याय गर्ने बताए। मत धेरै पाउनु भनेको जिम्मेवारी पनि धेरै पाउनु रहेको उनको भनाइ छ।
थापाले महामन्त्रीको रुपमा दुई/तीनवटा अजेन्डा लिएर आएको बताए। 'लिखित प्रस्ताव ल्याएको छु। त्यसकै आधारमा पार्टीलाई अगाडि बढाउने प्रयास गर्छु', उनले भने।
थापाले आफूलाई मत नदिने १६०० जना महाधिवेशन प्रतिनिधिहरुको आगामी दिनमा मन जित्ने प्रयास गर्ने बताए। उनले कांग्रेसलाई देखिने, सुनिने र भरोसा गर्न सकिने पार्टी बनाउनुपर्ने बताए। 'जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्छु', उनले भने।
उनले आफू एउटा समूहमा बसेर निर्वाचन लडेको भए पनि अब आफू सिंगो पार्टीको महामन्त्री भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।