काठमाडौं– नेपालमा थप २९३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन गरी ११ हजार ६२६ नमूनाको परीक्षण गर्दा बिहीबार थप २९३ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ५१० जनाको पीसीआर र २ हजार ११६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट २४१ र एन्टिजेन परीक्षणबाट ५२ जनामा संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टामा देशका विभिन्न ठाउँमा गरी २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यससँगै हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५८१ पुगेको छ।
गत २४ घण्टामा २६३ जना कोरोना भाइरसको संक्रमणबाट निको (संक्रमण मुक्त) भएका मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार हाल देशभर ५ हजार १६१ जना सक्रिय संक्रमित रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।