काठमाडौं- कोरोना भाइरसविरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ।
शुक्रबार कोभ्याक्स अन्तर्गतको ६ लाख ६४ हजार ६५० डोज खोप नेपाल आइपुगेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार नेपालमा ३ करोड ८५ लाख ३९ हजार ३ सय ६७ खोप आयात यसअघि नै भइसकेको छ।
नेपालमा आएको खोपमध्ये हालसम्म २ करोड १९ लाख ८८ हजार ५ सय १६ मात्रा लगाई सकिएको छ।
जसमध्ये कम्तिमा एक मात्रा खोप प्राप्त गर्नेको संख्या १ करोड २४ लाख ४५ हजार ९ सय ३० जना रहेका छन्। त्यसैगरि पूर्ण खोप प्राप्त गर्नेको संख्या ९७ लाख ८२ हजार २ सय ४७ जना पुगेको छ।
गत वर्षदेखि हालसम्म आएका खोप मध्येमा ९३ लाख १७ हजार २ सय ९९ डोज खोप भण्डारणमा छन्। केन्द्रीय र प्रदेश सहितका भण्डारणमा गरी ९३ लाख बढी डोज भण्डारणमा रहेको छ।
हाल ५७ जिल्लामा भने मोडर्ना खोपको पहिलो मात्रा चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।