काठमाडौं– गायक तथा संगीतकार थानेश्वार गौतम र गायिका समिक्षा अधिकारीको स्वरमा ‘पिरतीको पाइला’ बोलको गीत सार्वजनिक भएको छ। गौतमकै संगीत तथा प्रभा बर्तौलाको शब्दमा रहेको गीत म्यूजिक भिडियोसहित सार्वजनिक भएको हो।
लोक लयमा सजिएको गीतमा दुई प्रेमीको कथालाई प्रस्तुत गरिएको छ। गीतमा संगीत सजन साहले मिक्सिङ गरेका छन् भने एरेन्ज कमल सौराजको रहेको छ।
रामजी लामिछानेले निर्देशन तथा कोरियोग्राफी गरेको गीतको भिडियोमा विजय पुन, जिबी चिरन, विना राउत र लिला केसीको अभिनय रहेको छ। भिडियोलाई मानकृष्ण महर्जनले खिचेका छन् भने बन्दे प्रसादले यसलाई सम्पादन गरेका छन्।
गीत ‘देभन्सी इन्टरटेनमेन्ट्स’को युट्युब च्यानलमा हेर्न सकिन्छ।
हेर्नुहोस भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।