काठमाडौं- नेपालमा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
गत २४ घण्टामा आरटी-पीसीआर र एन्टिजेन गरी छ हजार ४४७ जनाको नमूना परीक्षण गर्दा १६७ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा चार हजार २८३ जनाको पीसीआर र दुई हजार १६४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट १५७ र एन्टिजेन परीक्षणबाट १० जनामा संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यससँगै हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५८३ पुगेको छ।
गत २४ घण्टामा २२६ जना कोरोना भाइरसको संक्रमणबाट निको (संक्रमण मुक्त) भएका मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार हाल देशभर चार हजार ९७८ जना सक्रिय संक्रमित रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।