काठमाडौं– सिन्धुपाल्चोकका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई धमाधम कोरोनाविरुद्धको मोडर्ना खोप लगाउन थालिएको छ। जिल्लाका १२ स्थानीय तहका विद्यालयमा विद्यार्थीलाई खोप लगाउन थालिएको छ।
सिन्धुपाल्चोकका विभिन्न माध्यमिक विद्यालयमा अध्ययनरत २८ हजार ५२५ जना विद्यार्थीलाई खोप लगाइने स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले बताए।
उक्त संख्यामध्ये पहिलो चरणमा ८१ दशमलव ७ प्रतिशतका संख्याका विद्यार्थीलाई पहिलो दोज खोप लगाइसकिएको जनस्वास्थ्य अधिकृत चापागाईंले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।