काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप २७१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २५१ र एन्टिजेन विधिबाट २० जनामा संक्रमण पुष्टि भएको हो।
यही अवधिमा थप २२५ जना संक्रमणमुक्त भएका छन्। नेपाल हालसम्म कूल संक्रमितमध्ये ८ लाख ११ हजार ५ जना संक्रमणमुत्त भइसकेका छन्। नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको छ।
हाल देशभर ४ हजार ९३१ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयलका अनुसार सो अवधिमा थप १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।