फाइल तस्बिर काठमाडौं- सरकारले मेडिकल कलेज र निजी अस्पतालहरूलाई पनि कोभिडविरुद्धको खोप केन्द्र सञ्चालन गर्न दिने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी खोप केन्द्र सञ्चालन गर्न इच्छुक मेडिकल कलेज र ५० बेड क्षमताभन्दा बढी भएका निजी अस्पतालहरुलाई जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गर्न आह्वान गरेको छ।
कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले उच्च प्राथमिकता दिँदै यसविरुद्दको खोप अभियान सञ्चालन गरिरहेको मन्त्रालयले जनाएको छ।
'यसै सन्दर्भमा सबै मेडिकल कलेजहरू र ५० बेड क्षमताभन्दा बढी भएका निजी अस्पतालहरूले यदि खोप केन्द्र सञ्चालन गर्न चाहेमा सम्बन्धित जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरी १८ वर्षभन्दा माथिका नेपाली नागरिकहरूलाई नेपाल सरकारको नियमानुसार कोभिड-१९ विरुद्दको खोपहरू उपलब्धताका आधारमा बिहान ९:०० बजेदेखि बेलुका ५:०० बजेसम्म खोप लगाउनलाई आह्वान गरिन्छ,' मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारी द्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।