काठमाडौं– इजरायलको एक अस्पतालले सोमबार कोभिड विरुद्धको खोपको चौथो मात्रा परीक्षण गरेको छ।
ओमिक्रोन भेरियन्टको कारण संक्रमणमा भएको वृद्धि नियन्त्रण गर्न सरकारले चौथो खोपलाई अनुमति दिनेबारे विचार गरिरहेको बताइएको छ। खोप लगाइएका १५० जना नै स्वास्थ्य कर्मचारी भएको जनाइएको छ।
कोभिड विरुद्धको खोपको चौथो मात्रालाई अनुमति दिने इजरायल पहिलो देश बन्ने गत हप्ता स्वास्थ्य मन्त्रालयको विज्ञहरुको समितिले बताएको थियो।
खोप ६० वर्ष वा सोभन्दा बढी उमेरका मानिस र स्वास्थ्य कर्मचारीलाई दिइने बताइएको छ। यो कदमको इजरायली सरकारले स्वागत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।