काठमाडौं– भारतीय गायिका असिस कौर नेपाल आउने भएकी छन्। आगामी वर्षको ८ जनवरीमा हुन लागेको ‘रातें लम्बिया नाइट विथ असिस कौर’ कार्यक्रमका लागि उनी नेपाल आउन लागेकी हुन्।
फेलिज इन्टरनेशनल इभेन्टले आयोजना गरेको कार्यक्रमका लागि असिस नेपाल आउन लागेकी हुन्। दरबार मार्गमा हुने सांगीतिक कार्यक्रममा सहभागी हुन उनी नेपाल आउन लागेकी हुन्। कार्यक्रम आयोजकका अनुसार उनी जनवरी ७ मा नेपाल आउनेछिन् भने कार्यक्रम भोलिपल्ट साँझ ६ बजे हुनेछ।
असिस अहिलेकी चर्चित भारतीय गायिका हुन्। उनले गाएका ‘रातेँ लम्बिया’, ‘जान बन गए’, ‘तु बन्जा गलि बेनारस की’जस्ता थुप्रै गीतहरु निकै चर्चित छन्। असीमसँगै कार्यक्रममा नेपाली गायक यावेश थापाले पनि प्रस्तुति दिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।