काठमाडौं- नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनको आज तेस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन र नेता देवप्रसाद गुरुङको विधान मस्यौदामाथि समूहगत रुपमा आफ्नो धारणा राख्ने क्रम सुरु भएको छ।
कमलदीस्थित प्रज्ञा भवनमा साढे १ बजेदेखि बन्दसत्रको आजको कार्यक्रम सुरु भएको हो।
प्रतिवेदनमाथि छलफलका लागि विभिन्न २५ समूह बनाइएका थिए। समूहका टोली नेताले प्रतिवेदनमाथि समूहगत छलफलमा उठेका विषय वस्तुमाथि आफ्नो धारणा राख्ने क्रम सुरु भएको हो।
बन्दसत्र सञ्चालनका लागि तय गरिएको अध्यक्ष मण्डलले टोली नेतालाई आफ्नो समूहको धारणा राख्नका लागि १५ मिनेटको समय प्रदान गरेको केन्द्रीय प्रचार समितिले जानकारी दिएको छ।
टोली नेताले आफ्नो समूहको धारणा राख्न र छलफलका क्रममा उठेका विषयलाई लिखितरुपमा पनि प्रस्तुत गर्न निर्देशन दिइएको छ। बन्दसत्रमा नेता सुरेन्द्र कार्कीले पनि पूरक प्रतिवेदन पेस गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।