काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप २४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ८ हजार ८९७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएका हुन्।
मन्त्रालयका अनुसार उक्त अवधिमा २२८ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ४८७१ रहेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण हुने मृत्यु शून्य रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।