काठमाडौं– अमेरिकमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण सुरु भएदेखिकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन्।
अमेरिकामाम पछिल्लो २४ घन्टायता मात्र कम्तीमा पनि ५ लाख ६५ हजार ९८७ जना संक्रमित भेटिएको स्वास्थ्य क्षेत्रका अधिकारीले जानकारी दिएका छन्।
यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार एकै दिनमा यहाँ यतिधेरै संक्रमित भेटिएको यो पहिलो घटना हो। यसअघि पनि मंगलबार त्यहाँ ४ लाख ७८ हजारभन्दा बढीमा सङ्क्रमण भेटिएको बताइएको थियो।
पछिल्लो २४ घण्टामा संक्रमणकै कारण त्यहाँ त्यस्तैगरी उनीहरुका अनुसार मङ्गलबार यहाँ कोरोनाका कारण १३ सय ५४ जनाको ज्यान गएको छ।
अमेरिकामा हालसम्म साढे पाँच करोडभन्दा बढी संक्रमित भइसकेका छन् भने ८ लाख ४५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।