काठमाडौं– भारतका कुल वयस्कमध्ये ९० प्रतिशतले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन्।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार वयस्कमध्ये ९० प्रतिशतलाई कोरोनाभाइरस विरुद्धको कम्तीमा एक मात्रा खोप दिइएको छ।
मन्त्रालयका अनुसार भारतमा पछिल्लो हप्ता औसतमा दैनिक आठ हजार नयाँ संक्रमित थपिने गरेका छन्।
पछिल्लो २४ घण्टामा भने थप १३ हजार १५४ सङ्क्रमित भएको मन्त्रालयले जानकारी दिएको छ। थपिएका संक्रमितमध्ये ९६१ जना ओमिक्रोन भेरियन्टका रहेका छन्।
यसैसँगै भारतमा कुल कोरोना संक्रमित तीन करोड ४८ लाख २२ हजार ४० पुगेको पनि मन्त्रालयले जनाएको छ।
भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कूुल संख्या चार लाख ८० हजार ८६० पुगेको मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।