काठमाडौं– नयाँ दिल्लीमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट समुदाय स्तरमै पुगेको छ। स्वास्थ्य वैज्ञानिकहरुको अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको पाइएको दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले बताएका हुन्।
अनुसन्धानबाट यहाँ पछिल्ला समयमा फैलिएको कोरोना सङ्क्रमणका ४० प्रतिशतभन्दा बढी संक्रमित ओमिक्रोनकै भएको भेदिएको बताए। ‘अनुसन्धानबाट यो देखिएको छ कि यहाँका संक्रमितमा ओमिक्रोनको सक्रमण बढी देखिएको छ,’ उनले भनेका छन्, ‘त्यस्तो संक्रमण बाहिरबाट आएका मानिस र यहीँ रहेकामा नै देखिएको छ। त्यसैले यो भेरियन्ट समुदायसम्म नै पुगेको पाइएको छ।’
कतै पनि नगएका नागरिकमा पनि यस्तो संक्रमण पाइएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।