काठमाडौं– तनहुँमा ३२ हजारभन्दा बढी बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाइएको छ। स्वास्थ्य कार्यालयले सबै पालिकाको समन्वयमा विद्यालयमै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोप लगाएको हो।
दश पालिकाका ३२ हजार ८४४ बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शंकरबाबु अधिकारीले जानकारी दिए। तनहुँमा ३७ हजार बालबालिकालाई उक्त खोप लगाउने लक्ष्य रहेपनि लक्ष्यको ८९ प्रतिशतले मात्र मात्र खोप लगाएका छन्। खोप लगाउनेमध्ये १६ हजार ६६३ छात्रा र १६ हजार १८१ छात्र छन्।
भानुमा चार हजार ७५७, व्यासमा आठ हजार ९१३, शुक्लागण्डकीमा पाँच हजार ६१९ र भिमाद नगरपालिकामा दुई हजार ८१२ बालबालिकाले खोप लगाएका हुन्।
यसैगरी म्याग्देमा एक हजार ४६४, घिरिङमा एक हजार २५३, ऋषिङमा दुई हजार ७७, देवघाटमा एक हजार ५३४, बन्दीपुरमा एक हजार ८९० र आँबुखैरेनी गाउँपालिकामा दुई हजार ५२५ बालबालिकाले खोप लगाएका जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।