काठमाडौं– टर्कीमा कोरोनाभाइरस संक्रमितको संख्या दश दिनमा दोब्बर भएको छ।
महामारी तीव्ररुपमा फैलिन थालेपछि संक्रमितको संख्या अत्यधिकरुपमा बढेको स्वास्थ्य मन्त्री फर्हेट्टीन कोकाले बताए। अस्पतालमा भर्ना हुनेको संख्यासमेत ४.६ प्रतिशतका दरले बढेको उनले बताए।
गत शनिबार टर्कीमा ३६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्। योसँगै कुल सङ्क्रमितको सङ्ख्या ९५ लाख १९ हजारभन्दा बढी पुगेको स्वास्थ्य अधिकारीले जानकारी दिएका छन्।
त्यसैगरी कोरोनाकै कारण टर्कीमा अहिलेसम्म ८२ हजार ५०६ को मृत्यु भएको छ। टर्कीमा गत जनवरी १४ देखि नै कोरोनाभाइरस विरुद्धको खोप लगाउन थालिएको हो । सुरुमा चिनियाँ सिनोभ्याक खोप लगाउनका लागि अनुमति दिइएको थियो।
अहिलेसम्म पाँच करोड ७० लाख टर्कीवसीले कम्तीमा एउटा खोप लगाएका छन्। तीमध्ये पाँच करोड १० लाखभन्दा बढीले दुवै खोप लगाएका छन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।