काठमाडौं– अभिनेता पल साहको निर्देशनमा बनेको निर्देशनमा बनेको ‘तिमीलाई हेर्ने बानी पर्यो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। साहको निर्देशन रहेको गीतमा स्वर पुष्पन प्रधानको रहेको छ।
गीतको भिडियोमा पलसँगै केकी अधिकारी, मनोज पौडेल, कृष्ण जोषी र कौशल दाहाल ‘दाह्री’को अभिनय रहेको छ। भिडियोमा एउटा गाउँले ठिटोको कथा देखाइएको छ, जो चर्चित अभिनेत्रीप्रतिको एकतर्फी प्रेममा पागल हुन्छ।
मनोज पौडेल गाउँले ठिटोको रुपमा देखिएका छन् भने केकी चर्चित अभिनेत्रीको रुपमा देखिएकी छिन्। पलको निर्देशनमा बनेको भिडियोमा गाउँबाट शहरसम्म पुगेको युवकले एउटी अभिनेत्रलाई गरेको प्रेम र उसँग भेटेर आफ्नो प्रेम जाहेर गर्न गरेको प्रयासलाई देखाइएको छ।
गीतको शब्द तथा संगीत पनि पुष्पन प्रधानकै रहेको छ। गीतलाई एरेन्ज भने जोनी योञ्जन तामाङले गरेका छन्। भिडियोतर्फ भने कोरियोग्राफरमा रोशनी आरएल शाह रहेका छन्। भिडियोको सम्पादन तथा रंग संयोजन मिलन विश्वकर्माको रहेको छ।
हेर्नुहोस भिडियो:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।