विराटनगर- प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना संक्रमण भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार ३७८ जनाको पीसीआर परीक्षण गर्दा ३४ र १४१ को एन्टिजेन परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३, सुनसरीमा छ, झापामा दुई र प्रदेश बाहिरका तीन जनामा संक्रमण देखिएको हो।
मोरङको विराटनगरमा १८, कानेपोखरी र बेलबारीमा दुई/दुई र उर्लाबारीमा एक, सुनसरीको इटहरीमा तीन, धरान, बराहक्षेत्र र स्थानीय तह नखुलेका एक/एक, झापाको शिवसताक्षी र विर्तामोडमा एक/एक र प्रदेशबाहिरका तीन जनामा संक्रमण देखिएको हो।
प्रदेश-१ मा आज नौ महिलासहित १६ कोरोना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको सङख्या १६८ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।