काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ९४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। १३ हजार २६४ जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै, यही अवधिमा २९७ जना कोरोनामुक्ता भएका छन्। पछिल्लो २४ घण्टामा मृत्यु संख्या भने शून्य रहेको छ।
मन्त्रालयका अनुसार हाल देशभर कोरोना संक्रमितको कूल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ३१ हजार ७४८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९७ हजार ८९ जना पुगेको छ।
संक्रमितमध्ये हालसम्म ८ लाख १८ हजार ६ जना निको हुँदा कूल ११ हजार ६०२ जनाको मृत्यु भएको छ। अहिले देशभर ६ हजार १४० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।