काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १६७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमूना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो।
संक्रमितमध्ये ६१५ जना काठमाडौं उपत्यकाका छन्। काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना संक्रमित थपिएका छन्। मन्त्रालयकी प्रवक्ता संगीता मिश्रका अनुसार पीसीआर परीक्षणमा औसतमा संक्रमणदर ९.५ प्रतिशत पुगेको छ।
पछिल्लो २४ घण्टामा २२४ जना संक्रमित निको हुँदा २ जनाले ज्यान गुमाएका छन्। हाल देशभर ६ हजार ७५५ जना सक्रिय संक्रमित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।