काठमाडौं– नेपालमा देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा ८३ जना कोरोना संक्रमित उपचाररत छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको तथ्यांक अनुसार देशभरका विभिन्न विभिन्न आईसीयू ६७ र भेन्टिलेटरमा १६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।
कुन प्रदेशमा कति?
हाल प्रदेश १ मा ७ जना आईसीयूमा र दुई जना भेन्टिलेटरमा उपचाररत छन्। प्रदेश २ मा एक जना आईसीयूमा उपचाररत छन् भने बागमती प्रदेशमा ४३ जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा उपचारत रहेको मन्त्रायले जनाएको छ।
गण्डकी प्रदेशमा चार जना आईसीयूमा उपचाररत छन्। लुम्बिनी प्रदेशमा १० जना आईसीयूमा उपचाररत रहेका छन्। कर्णली र सुदूरपश्चिममा दुई जना आईसीयूमा र एक जना भेन्टिलेटरमा उपचाररत छन्।
नेपालमा अहिलेसम्म आठ लाख ३३ हजार ९४६ जना कोरोनाबाट संक्रमित भएका छन्। जसमा आठ लाख १४ हजार ४८५ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने ११ हजार ६०६ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सोमबारसम्म सात हजार ८५५ जना सक्रिय संक्रमित रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।