काठमाडौं– काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेपछि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले छलफल गर्दैछन्।
मंगलबार दिउँसो उनीहरूले भर्चुअल छलफल गर्न लागेका हुन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई कोरोना संक्रमण भएपछि सीडीओहरूले भर्चुअल छलफल गर्न लागेका हुन्।
कोभिड–१९ महामारीको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्न थालेपछि यसको रोकथाम र नियन्त्रणका सम्बन्धमा उनीहरूले परामर्श गर्न लागेका हुन्।
'हामी परामर्श गर्दैछौं। साँझसम्म एउटा निर्णय आउँछ', काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।