काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार आएको रिपोर्ट अनुसार उनमा संक्रमण पुष्टि भएको नेपालको सचिवालयले जनाएको छ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा बसिरहेको सचिवालयले जनाएको छ।
रुघाखोकी लाग्ने र सामान्य ज्वरो आउने भएपछि केही दिनयता नेपालसँगको भेटघाट बन्द गरिएको थियो।
यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्षसहितका नेताहरूलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।