काठमाडौं- गायक तथा रचनाकार नवराज कलौनीलाई दोस्रो हिमालयन इन्टरनेशनल अवार्ड २०२२ मा डेब्यु सिङ्गर आधुनिक गीत विधाबाट सम्मानित गरिएको छ।
गीत संगीत क्षेत्रमा सक्रिय गायक कलौनीलाई 'घुम्तीको रेल' बोलको गीतबाट अवार्डसहित सम्मानित गरिएको हो। वुमन्स ईरा मिडिया ग्रुपले बानेश्वरस्थित होटल एभरेष्टमा आयोजना गरेको कार्यक्रममा उनलाई सम्मानित गरिएको हो।
घुम्तीमा रेल बोलको गीतबाट अवार्डसहित सम्मानित गायक कलौनीले आफू सम्मानबाट सांगितिक क्षेत्रमा अझै अघि बढ्न थप हौसल्ला र प्रेरणा मिलेको बताए। कार्यक्रमका प्रमुख अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले अवार्ड प्रदान गरेकी थिइन्।
कञ्चनपुरको महेन्द्रनगर घर भएका गायक कलौनीले रचना गरेका र उनले गायका थुप्रै गीतहरु चर्चित छन्। अवार्ड कार्यक्रममा कला साहित्यको क्षेत्रमा विभिन्न बिधामा योगदान गरेका कलाकर्मीहरुलाई अवार्ड तथा सम्मान पत्र मार्फत सम्मान गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।