काठमाडौ– विश्वभर पछिल्लो २४ घण्टामा ३० लाख ४२ हजार २७८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३१ करोड ७१ लाख नाघेको छ।
पछिल्लो केही दिनदेखि अमेरिका र युरोपमा संक्रमण बढेसँगै दैनिकसंक्रमितको संख्यासमेत उच्च हुन थालेको हो। पछिल्लो २४ घण्टामा अमेरिकामा ७ लाख ४६ हजार, फ्रान्समा ३ लाख ६१ हजार, इटलीमा १ लाख ९६ हजार, बेलायतमा १ लाख २९ हजार संक्रमित थपिएका छन्।
सो अवधिमा १० लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् भने ७ हजार ७३७ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा भारतमा २ लाख ४१ हजारभन्दा बढी संक्रमित थपिँदा ८५ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।