बैतडी- सुदूरपश्चिम प्रदेशमा बिहीबार एकैदिन थप ३१८ जनामा कोरोना संक्रमण देखिएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट दुई हजार २०५ जनाको नमूना परीक्षण गर्दा ३१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
पीसीआरमार्फत ६३ र एन्टिजेनमार्फत् २५५ जनामा पुष्टि भएको हो। पीसीआरमार्फत् सेती प्रादेशिक अस्पतालमा ४७, महाकाली अस्पतालमा १६ र एन्टिजेनमार्फत कञ्चनपुरका १२०, कैलालीका ११२, डोटीका ११, बैतडीका सात र दार्चुलाका पाँच जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै, गएको २४ घण्टामा प्रदेशभर ५ जना निको भएका छन्। उक्त अवधिमा यस प्रदेशमा संक्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन।
यसअघि बुधबार यस प्रदेशमा २५४ जनामा संक्रमण पुष्टि हुँदा ६ जना निको भएका थिए। सुदूरपश्चिममा संक्रमणका कारण हालसम्म ६१४ जनाको ज्यान गइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।