काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण भएको छ।
उनले आफूलाई हालै गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको जनाएका छन्।
कोरोना संक्रमण भएपछि पोखरेलले निर्धारित सबै कार्यक्रम स्थगित गरेको बताएका छन्।
'कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन। अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो। निर्धारित सबै कार्यक्रम स्थगित गरियो', पोखरेलले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।