काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार २१९ जना कोरोना संक्रमित थपिएका छन्।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकामा ती संक्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार काठमाडौंमा सबैभन्दा धेरै एक हजार ५९१, ललितपुरमा ४८६ र ललितपुरमा १४२ जना संक्रमित थपिएका छन्।
उक्त अवधिमा देशभर चार हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन् भने चार जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।