काठमाडौं– गायक राजु लामाले सगरमाथा चढ्ने घोषणा गरेका छन्। शनिबार भएको ‘द भ्वाइस किड्स’को फाइनलमा राजु लामाले आफूले सगरमाथा चढ्ने घोषणा गरेका छन्।
‘यो कुरा मेरो परिवारलाई पनि थाहा छैन्, आज यहीँबाट भन्दैछु’, उनले भने, ‘म सगरमाथा चढ्ने चेष्टा गर्दैछु।’
लामा आफूले मौसम परिवर्तनको मुद्दालाई लिएर सगरमाथा चढ्न लागेको बताएका छन्। उनले भने, ‘अहिले हाम्रो हिमाल, हिम नदीहरु पग्लिएको छ। जसले थुप्रै प्राकृतिक प्रकोप ल्याएको छ। मौसमी परिवर्तनका कारणले हाम्रो जीवनमा कस्तो असर गर्छ भन्ने कुरालाई लिएर जनचेतना दिने हिसाबले सगरमाथा चढ्न लागेको हुँ।’
उनले आफू नेपाली सांगितिक क्षेत्रसँगै देशको प्रतिनिधित्व गर्दै मौसम परिवर्तनको सन्देश लिएर सगरमाथा चढ्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।