काठमाडौं– निर्वाचन आयोगका दुई जना आयुक्तलाई कोरोना संक्रमण भएको छ।
निर्वाचन आयुक्तद्वय ईश्वरीप्रसाद पौड्याल र डा. जानकी कुमारी तुलाधरलाई कोरोना संक्रमण पुष्टि भएको हो।
दुई आयुक्तलाई कोरोना संक्रमण भए पनि सुरक्षित रुपमा नै निर्वाचन आयोगले आफ्ना कार्यक्रम गरिरहेको जनाएको छ।
उनीहरू होमआइसोलेसनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।