काठमाडौं– कोरोना भाइरस संक्रमणको लक्षण देखिएका व्यक्तिले ५ दिन क्वारेन्टिनमा बस्नुपर्ने भएको छ।
काठमाडौं उपत्यकाका ३ वटा जिल्ला प्रशासन कार्यालयले नयाँ आदेश जारी गर्दै कोरोना संक्रमणको लक्षण देखिएमा ५ दिन अनिवार्य क्वारेन्टिनमा बस्न बनेका हुन्।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको आदेशमा जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड-१९ को लक्षण देखिएमा अनिवार्य रुपमा ५ दिन क्वारेन्टिनमा बस्न भनिएको छ।
५ दिनपछि कोभिड-१९ परिक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्र काममा आउन पनि आदेशमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।