काठमाडौं- पछिल्लो एक हप्तामा नेपालमा ३८ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एक हप्तामा ३८ हजार ३०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका हुन्।
सबैभन्दा बढी आज १० हजार २५८ जना नयाँ संक्रमति थपिएका हुन्। दैनिक संक्रमित बढिरहेका छन्। नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएसँगै दैनिक संक्रमित हुनेको संख्या पनि बढिरहेको छ।
पछिल्लो एक हप्ताको तथ्यांकअनुसार पुस २८ गते तीन हजार ७५, पुस २९ गते तीन हजार ५५३, पुस ३० गते पाँच हजार ८७, माघ १ गते चार हजार ६३६, माघ २ गते चार हजार ९६१, माघ ३ गते छ हजार ७३४ संक्रमित थपिएका हुन्।
यस एक हप्ताको बीचमा सक्रिय संक्रमित हुने संख्या पनि बढेको छ। पुस २८ गते ११ हजार ६९० सक्रिय संक्रमित रहेकोमा यो संख्या बढेर आज ३९ हजार ४४ पुगेको छ। पुस २८ गते कूल परीक्षण गराएकामध्ये २३.६ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो भने आज ४४.९ प्रतिशतमा संक्रमण पुष्टि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।