काठमाडौं– नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाललाई कोरोना भाइरसको संक्रमण भएको छ। भुसाल मंगलबार सत्तारुढ गठबन्धनको बैठकमा सहभागी थिए।
मंगलबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरु पनि सहभागी थिए।
बैठकमै सहभागी भएका बेला लगातार खोकी लागेपछि नेताहरुले उनलाई कोरोना परीक्षण गर्न सुझाव दिएका थिए।
पछि परीक्षणका क्रममा संक्रमण पुष्टि भएको भुसाल निकट एक नेताले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।