प्रतिकात्मक तस्बिर हेटौंडा– मकवानपुरको सरकारी अस्पताल हेटौंडामा कार्यरत ३६ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
गत बिहीबारदेखि आज (बुधबार)सम्म गरिएको पीसीआर परीक्षणमा अस्पतालका ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईंले जानकारी दिए।
अस्पतालका अनुसार ४ चिकित्सक, ११ नर्स र प्रयोगशालामा कार्यरत १३ स्वास्थ्यकर्मी र आठ जना कार्यालय सहयोगी गरी ३६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
अस्पताल प्रशासनले मकवानपुरमा कोरोना संक्रमण बढी रहेकाले अत्यावश्यक भए मात्र अस्पतालमा उपचारका लागि आउन अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।