काठमाडौं– नेपालमा थप ११ हजार ३५२ जना कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट २३ हजार ४०९ नमूना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १८ हजार ७८ नमूनाको पीसीआर र ५ हजार ३३१ नमूनाको एन्टिजेन परीक्षण गरिएको थियो।
पीसीआर परीक्षणबाट ९ हजार ५०२ र एन्टिजेन परीक्षणबाट १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरमा गरी ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६२८ पुगेको मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरी ६१३ जना कोरोना संक्रमणबाट मुक्त (निको) भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।