काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीश र कर्मचारीलाई कोरोना भाइरसविरुद्धको थप मात्रा (बुस्टर डोज) लगाइने भएको छ।
सर्वोच्चले बुधबार सूचना जारी गर्दै बिहीबार बिहान ११ बजेदेखि अदालत प्राङ्गणमा पहिलो र दोस्रो डोज लगाएका न्यायाधीश र कर्मचारीलाई कोरोनाविरुद्धको बुस्टर डोज लगाउने जानकारी दिएको हो।
खोप लगाउन आउँदा खोप कार्ड अनिवार्य रुपमा हुनुपर्ने सुचनामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।