काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले बजारमा सिटामोललगायतका औषधीको अभाव हुन नदिन गृहमन्त्री र मुख्यसचिवलाई निर्देशन दिएका छन्।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाण र मुख्यसचिव शंकरदाश बैरागीलाई बोलाएर देउवाले बजारमा सिटामोललगायतका औषधीको अभाव भएको जानकारी आएको भन्दै त्यस्तो अभाव तत्काल अन्त्य गर्न निर्देशन दिएका हुन्।
औषधी अभावका विषयमा के भएको अध्ययन गरेर तत्काल औषधी उपलव्ध गराउने प्रबन्ध गर्नसमेत निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
त्यसलगत्तै गृहमन्त्री खाण र मुख्यसचिव बैरागीले स्वास्थ्य मन्त्रालय, औषधी व्यवस्था विभागलगायत औषधी उत्पादक कम्पनीहरुसँग परामर्श गरेका थिए। औषधीको अभाव नहुनेगरी अघि बढ्न औषधी उत्पादकहरु तयार भएका छन्। यदी कसैले औषधीको कृतिम अभाव सृजना गरेको पाएका तत्काल कारबाही गर्ने गृहमन्त्री खाणले चेतावनी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।