काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा कोभिड प्रोटोकल पालना भए/नभएको अनुगमन गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री देउवाले भौतिक दूरी कायम भए/नभएको र परीक्षा कोठामा स्यानिटाइजर एथेष्ट मात्रामा भए/ नभएको अनुगमन गर्न निर्देशन दिएका हुन्।
मुख्यसचिव शंकरदास बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड प्रोटोकलको अनुगमन गर्न प्रधानमन्त्री देउवाले निर्देशन उनको सचिवालयले जनाएको छ।
बिहीबार प्रधानमन्त्रीले त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरुमा अनुगमन गर्न र कोभिड प्रोटोकल पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन दिएका छन्।
बुधबार एक कलेजमा संक्रमितसँगै अरु विद्यार्थी राखेर परीक्षा भएको समाचार बाहिरिएपछि देउवाले यस्तो निर्देशन दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।