अमरगढी– जिल्ला प्रशासन कार्यालय डडेलधुराका कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि नागरिकता वितरण लगायतका नियमित सेवाहरु स्थगित गरिएको छ।
डडेलधुराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मोहन राज जोशीले एक सूचनामार्फत् कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि अत्यावश्यक बाहेकका सेवाहरु स्थगित गरिएको जानकारी दिएका छन्।
नागरिकता, नागरिकता प्रतिलिपि, संघ/संस्था, नावालक परिचय पत्र, राष्ट्रिय परिचय-पत्र र राहदानी सम्बन्धी फाँट तर्फको सम्पुर्ण सेवा अर्को सूचना जारी नभए सम्मका लागि शुक्रबारदेखि लागू हुने गरी बन्द गरिएको सीडीओ जोशीले जानकारी दिएका छन्।
शान्ति सुरक्षा र मुद्दा सम्बन्धी अत्यावश्यक सेवाहरु नियमित रहने जनाइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।